दोहोरो अंकले घट्यो नेप्से

Nepal Cover
१७ माघ २०७९, मंगलवार
image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबारको कारोबार शुरु भएदेखि नै नेप्सेमा तिव्र उत्तारचढाव देखिएको थियो । आज नेप्से १५.७४ अंकले घटेर दुई हजार एक सय ११ दशमलब ६३ विन्दुमा बन्द भएको हो ।  

त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम समेत घटेको छ । सोमबार तीन अर्ब रुपैयाँ भन्दा बढीको भएकोमा आज दुई अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडेको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य १४४ रुपैयाँ ९० पैसा बढेर १ हजार ५९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.२१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड २० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.०२ प्रतिशत घटेको छ। घटेका उपसमूहमध्ये लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।