वैकल्पिक रानीटारी घुम्ती मार्ग १६ दिन बन्द
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि आउँदो २१ गतेसम्म बाटो पूर्ण रूपमा बन्द गरिएको हो । रानीटारीबाट हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले बताउनुभयो । व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नम्बर ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी…
सम्पत्ती न्यूज
६ जेष्ठ २०८१, आईतवार