काठमाडौँ महानगरका मेयर बालेन र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध मुद्दा दायर

  Sampatti News

May 16, 2024

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध मुद्दा दायर गरिएको छ ।

कुटपिट र लुटपाटको आराेपमा उनीहरुविरुद्ध जिल्ला अदालतमा काठमाडौँमा मुद्दा दायर भएको हाे । प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै मेयर साह, नगर प्रहरी प्रमुख शाह र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध अदालतमा कुटपिट र लुटपाटको फिराद दर्ता गराएका जनाइएकाे छ ।

प्रकाशित मिति:May 16, 2024