एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सलाई
काठमाण्डू, पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ। फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि उचालेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८४ रन बनाएर जनकपुरलाई १८५ रनको लक्ष्य दिएको थियो। यो लक्ष्य जनकपुरले ५ विकेट गुमाएर १९ ओभरमा पूरा गर्यो। एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीचको यो तेस्रो भिडन्त थियो। यसअघि लिग चरणमा…
सम्पत्ती न्यूज
६ पुष २०८१, शनिबार