नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको बताएका छन्। आज बिहान सञ्चारकर्मीसँग विराटनगर विमानस्थलमा संक्षिप्त कुराकानीको क्रममा उनले नेकपा (एकीकृत समाजवादी)मा जनलहर देखिएको बताएका हुन् । एक फरक प्रसंगमा उनले वर्तमान पाँच दलीय गठबन्धन काँचो धागोले बाँधेको नभएको बताएका छन्। उनले भने "वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत छ"। न्यायपालिकावारे सञ्चारकर्मीको…