निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइबाट अस्वीकृत
काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो ।
सम्पत्ती न्यूज
१४ श्रावण २०८१, सोमबार