नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत नौकिलोमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु
चितवन, नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना-६ स्थित नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ ७ बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०-००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिएको हो। चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले जानकारी…
सम्पत्ती न्यूज
१० मंसिर २०८१, सोमबार