सहकारी ठगीको आरोप लागेका रास्वापाका सभापति लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

Nepal Cover
९ मंसिर २०८१, आईतवार
image

पोखरा, सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

उनीमाथि पोखराको सुदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आइतबार म्याद थप्ने क्रममा थप हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि थप म्यादका लागि उनलाई अदालत लगिएको थियो ।

यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । रविलाई जिल्ला अदालत कास्कीमा आइतबार पाचौं पटक उपस्थित गराएको हो ।

रविलाई म्याद थपेपछि काठमाडौं लैजाने तयारी छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप रविमाथि छ ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

रवि र जोशीविरुद्ध चितवनको सहरा बचतको रकम अपचलन आरोपमा चितवन जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भएको छ ।