नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो
काठमाडौँ । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ। नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले बुधबार सूचना जारी गर्दै ढुवानीका क्रममा १० लाख रुपैयाँ बराबरको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जनाएको छ । निर्देशनालयले सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड खरिद बिक्री नगर्न वितरक र ग्राहकलाई…
सम्पत्ती न्यूज
२५ श्रावण २०८०, बिहीबार