नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

  Sampatti News

August 10, 2023

काठमाडौँ । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ। नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले बुधबार सूचना जारी गर्दै ढुवानीका क्रममा १० लाख रुपैयाँ बराबरको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जनाएको छ । निर्देशनालयले सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड खरिद बिक्री नगर्न वितरक र ग्राहकलाई अनुरोध गरेको छ।

ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न नेपाल निर्देशनालयले अनुरोध गरेको छ।

प्रकाशित मिति:August 10, 2023