अविरल वर्षाका कारण पहिरोले क्षति पुर्याएको माथिल्लो तामाकोशीबाट ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु
दोलखा, नेपालमा सञ्चालनमा रहेका जलविद्युत गृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मत सम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७.४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा…
सम्पत्ती न्यूज
९ पुष २०८१, मंगलवार