महोत्तरी-न कतै झ्याली, मृदङ्ग र डम्फूको आवाज, न फागु गीतको अलाप ! होरी लागेको छनकै पाइँदैन । मिथिलामा श्रीपञ्चमी पर्व मनाइएसँगै सुरु हुने होरी गीत (फागु गीत) कतै नसुनेपछि पर्वको उल्लास हराउँदै गएको छ । तिथिले फागुन शुक्लपक्ष लागेपछि ‘होरी’ लागेपनि कतै डम्फू, मृदङ्ग र झ्यालीका तालमा फागु गीत नसुनिएपछि पुराना पुस्ताका मैथिल निरास देखिँदा छन् । भक्ति, ठट्टा, परम्परा…