March 14, 2021
काठमाडौं । नेकपा माओवादी (केन्द्र) ले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउन लागकेो छ ।
स्थायी कमिटी सदस्य गणेश साहले हिजो केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ नआएकाले औपचारिक पत्र काट्ने निर्णय गरिएको बताए । उनले भने ‘पेरिसडाँडामा केहीबेरअघि सकिएको केन्द्रीय कमिटी बैठकले कारबाही प्रक्रिया अघि बढाउने भनिएपनि कानूनी प्रश्नसमेत उठ्न सक्ने भएकोले विधि पुर्याउन औपचारिक पत्र पठाइन लागिएको हो ।
सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।
पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको तत्कालीन नेकपाको ओली पक्षमा लागेका प्रदेश सांसदहरू एमाले, माओवादी ब्युँतिएपछि माओवादीमा फर्किन चाहेनन् । उनीहरूले बरु सांसद पद त्याग्न तयार रहेको तर ओलीलाई छाड्न नसकिने बताउँदै आएका छन् ।
प्रकाशित मिति:March 14, 2021
November 24, 2024