काठमाडौं । ओम समाज डेन्टल हस्पिटलले चाबहिल स्थित हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा आफ्नो दन्त्य सेबा बिस्तार गरेको छ। उक्त सेवाको उद्घाटन हेल्पिंग हेन्ड सामुदायिक अस्पतालका अधक्ष्य डा.गुप्त बहादुर श्रेष्ठ तथा ओम समाज डेन्टल हस्पिटलका अधक्ष्य डा. सुबाश घिमिरेले गर्नु भएको थियो ।
उक्त उद्घाटन समारोहमा काठमान्डू महानगर पालिका वडा न ७ का वडा सदस्य कृष्ण मणि भट्टराई, ओम समाज डेन्टल हस्पिटलका उपाध्यक्ष रामेश्वर के.सी, सल्लाहकार मोहन पोख्रेल लगाएत हेल्पिंग हेन्ड अस्पतालका बिसिस्ट कर्मचारी हरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै डा. घिमिरेले ओम समाज डेन्टल हस्पिटल जसको दाँत सबल उसको जिबन सफल भन्ने एक रास्ट्रीय नाराका साथ् अघि बढिरहेको बताउदै कोहि पनि कुनै कारणले पनि उपचार बाट बन्चित हुन् नपरोस सबैको लागि उपचार सहज,सुलभ होस् भन्ने उदेस्यले यस सामुदायिक अस्पतालमा आफ्नो सेबा बिस्तार गरेको जानकारी गराउनु भयो ।
भने अधक्ष्य डा. श्रेष्ठले हेल्पिंग हेन्ड सामुदायिक अस्पतालमा अब जुनसुकै (बिभाग) रोग का बिरामीको उपचार सम्भब भएकोमा खुशी व्यक्त गर्नुभयो ।
हाल उक्त बिस्तारित शाखामा उपचार का लागि डा शोभा योंग हांग,डा रिमिशा भट्टराई रहनु भएको तथा यहि चैत्र ७ गते सम्म बिश्व मुख स्वास्थ दिबस को उपलक्ष्यमा निः सुल्क चेक जाच तथा छुट को ब्यबस्था गरिएको अस्पताल प्रसासनले जानकारी दिएको छ ।