दोहोरी च्याम्पियनमा गायक–गायीकाको बेईजत, भिडियो हेर्नुस् निर्णयकका यस्ता कमेन्ट बने विवादीत

  Sampatti News

March 18, 2021

काठमाडौँ । कमेडि च्याम्पिउनको मोडलमा सुरु भएको दोहोरी च्याम्पियन यतिबेला विवादमा परेको छ । ईन्द्रेणीबाट चर्चामा आएकी चर्चित लोक गायिका कल्पना दाहाललाई चन्द्र शर्माले नेपाल टेलिभिजनको स्टेजमै बेइजत गरेपछि लगभग दोहोरी च्याम्पियन विवादीत हुन पुगेको छ ।
नेपालमा पहिलो पटक सुरु भएको ‘दोहोरी च्याम्पियन’ शुरु हुनेबित्तिकै वि’वादमा आएको हो । यसका निर्णायकहरुले कलाकारको बे’इजत गरेपछि यो बि’वादमा आएको हो । निर्णायक रहेका चन्द्र शर्माको सबैभन्दा बढि आलोचना भएको छ ।
चन्द्र शर्माले चर्चित लोक दोहारी गायिका कल्पना दाहाललाई भाइरल साइरल वाली भन्दै बे’इजत गरेका थिए । उनले स्टेजमा भएकी कल्पनालाई नराम्रा शब्दहरु प्रयोग गरेर बे’इजत गरेका थिए । चन्द्रको यो कामको सबैले आ’लोचना गरेका छन् ।उनले तिमि अन्त गित गाएर भाइरल कल्पना हो भन्दै हो’च्ये’का थिए ।

नेपाली लोक संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियालिटी शो उत्पादन एवं नियमित प्रसारण गर्न लागिएको यसअघि नेपाल टेलिभिजनले जनाएको थियो ।दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रुपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन् भने निर्णायकमा प्रजापति पराजुली, रमेश बिजी, सीता थापा र चन्द्र शर्मा रहेका छन् ।कूल रु ३५ लाख राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः रु २० लाख, १० लाख, तीन लाख र दुई लाख पुरस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरिबाट २४ कलाकार टोलीहरू छनोटमा परेका छन् भने २८ भाग दोहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुन थालेको छ ।

प्रकाशित मिति:March 18, 2021