घरमा आगलागीहुदा एक वृद्धाको मृत्यु

  Sampatti News

March 18, 2021

काठमाडौँ । ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएकोमहानगरि प्रहरि परिसरले जनायकाृे छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:March 18, 2021