रुसी विदेश मन्त्रीले चीनको भ्रमण जाने

  Sampatti News

March 18, 2021

काठमाडौँ । रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्नु हुने भएको छ ।
चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेश मन्त्री लाभरोभ चीन जान लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार घोषणा गर्नु भएको हो ।
पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ । कतिपय विश्व मामिलामा राष्ट्रसंघ मार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् ।

प्रकाशित मिति:March 18, 2021