कांग्रेस नेता अशोक कोइरालाको निधन

  Sampatti News

March 18, 2021

काठमाडौँ । कांग्रेस नेता तथा राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति १ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उहाको निधन भएको हो ।
कोइराला २०४६ को प्रजातान्त्रिक आन्दोलनपछिको विराटनगरको पहिलो मेयर तथा संविधानसभाका सदस्य समेत हुन् । लामो समयदेखि अस्वस्थ रहेका ७७ वर्षीय कोइरालाको स्वास्थ्या समस्या आएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सचिव सन्तु रेग्मीका अनुसार उनको विहान १ बजे उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए ।
निमोनियाको समस्या झेलिरहेका उनी घरैमा अनाचक अचेत भएपछि बुधबार अस्पताल भर्ना गरिएको जनाइएको छ । अशोक पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कान्छा भाइ हुन् ।
उनी नेपाली कांग्रेस मोरङका पुर्व सभापति समेत रहेका थिए ।

प्रकाशित मिति:March 18, 2021