काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठकमा एकताका नेकपा एमाले निकट रहेका कानुनविद् शम्भु थापा सुटुक्क प्रवेश गरे । स्थायी समिति बैठक सकिएपछि थापा किन उपस्थित भएका रहेछन् भन्ने रहस्य खुल्यो । कानुनविद्हरुसंगको सल्लाह पछि माओवादी केन्द्र अब नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरवलोकनमा जाने भएको छ ।कानुनविद्हरुले त्यस्तो सुझाव दिएपछि माओवादी पुनरावलोकनमा जाने भएको हो । माओवादीले यसै विषयमा सुझाव लिन उनलाई बैठकमा बोलाएको रहस्य खुलेको हो ।
आज मंगलबार बिहान माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु गर्नुअघि नेताहरूले सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलालगायत विषयमा कानुनविद्हरूसँग सुझाव लिएका थिए। सोही क्रममा कानुनविद् थापा बैठकमा उपस्थित हुन पुगेका थिए ।कानुनविद्हरुले नेकपा भंग गराउने सर्वोच्चको फैसला सच्चिने गतिला आधार भएको बताएका छन् । माओवादी केन्द्रका राष्ट्रिय सभा सांसद समेत रहेका विडारीले डीआईजी रञ्जन कोइराला, प्रेरणा शाह र लोकमानसिंह कार्कीको फैसला करेक्सन भएको उदाहरण पेश गर्दै यो विषय पनि पुनरावलोकन हुने विश्वास ब्यक्त गरेका छन् । यस्ता विषय त पुनरावलोकन भएका छन् उनले भने, राजनीतिक कुरा पुनरावलोकन नहुने कुरै भएन ।
यत्रो पल्टिकल कुरा, राजनीतिक दलको कुरा, राजनीतिक दल तोडफोड भएको कुरा, एकता भंग भएको कुरा, नेपालको राजनीतिमा उथलपुथल भएको कुरा र जति मागदाबी थियो, त्योभन्दा बढी लेखेको कुरा, भन्न नपर्ने कुरा भनेको कुरा, कतैबाट निर्देशित भएको आभास आउने कुरा भएकाले रिभ्यु गर्ने कुरामा हामीले एकमतले पार्टीलाई सुझाव दिएका छौं’ वैठक पछि बाहिर निस्केका उनले भने ।पार्टीको नाम विवादमा ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदाललते गत फागुन २३ गते उनकै नेकपा वैधानिक र एमाले र माओवादी केन्द्र मिलेर पछि बनेको नेकपा अवैधानिक भनेर फैसला गरेपछि अहिले देशको राजनीति उथलपुथल भएको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपा विरुद्ध ऋषि कट्टेलले आफ्नो नामसँग मिल्दो जुल्दो नाम राखेको भन्दै रिट दिएका थिए । सोही रिटबारे सर्वोच्चले गरेको फैसलापछि नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका छन् ।