प्रदेश मन्त्रीले लीय शपथ

  Sampatti News

March 26, 2021

काठमाडौँ । प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजि मुख्यमन्त्रीको सिफारिसमा मन्त्री तथा राज्यमन्त्री पदमा आज नियुक्ति, हेरफेर कार्यविभाजन गर्नुभएको छ ।
प्रदेश प्रमुख अधिकारीले नवनियुक्त मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्वुहाङ (लिम्बु) भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
यसैगरी मुख्यमन्त्री शेरधन राईले नवनियुक्त राज्यमन्त्री उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझा र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई पद तथा गोपनीयताको शपथ गराउनु भयको हो । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोह कार्याक्रमा प्रदेशका मन्त्री, कार्यालयका उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो । यसअघि २०७६ माघ ५ गते मुख्यमन्त्री राईले प्रदेश मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो ।

प्रकाशित मिति:March 26, 2021