परीवरका साथमा मात्र होली खेल्न आग्रह

  Sampatti News

March 27, 2021

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होली पर्व घरभित्रै बसेर परिवारका साथ मनाउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोना सङ्क्रमण बढ्दै गएको र नेपालमा पनि बढ्न सक्ने भएकाले घरभित्रै बसेर परिवारका साथ होली पर्व मनाउन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा भनिएको छ, “जिल्लामा कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निकट रहेको यस वर्षको फागुपर्व घरमै बसी परिवारका साथ मनाउन अनुरोध गरिन्छ ।” सूचनामा कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठकलगायतका भिडभाड हुने कार्य नगर्न÷नगराउन हुन, भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन तथा नियमितरुपमा साबुन पानिले हात धुन र सेनिटाइजर प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।
जिल्लामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ३० रहेको छ । यसमध्ये २५ जना होम आइसोलेशन र पाँच जना अस्पतालमा उपचाररत रहेका छन् । चितवन स्वास्थ्या कायालयका अनुसारअहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९०७ जना पुगेको र ११० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति:March 27, 2021