सिसी क्यामेरा जडान ,मन्दिर व्याबस्थीत बन्दै

  Sampatti News

March 29, 2021

काठमाडौँ ।दर्शनार्थी तथा भक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।
हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल रहेको हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले हलेसी गुफा, हलेसी मन्दिर परिसर तथा हलेसी बजार आसपासका १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको हो ।
हलेसी मन्दिरको शान्ति सुरक्षाका लागि दुई वर्षअघि जडान गरिएका सात सिसी क्यामेरा प्रभावकारी देखिएपछि पुनःथप क्यामेरा जडान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख ईवन राईले बताउनुभयो । गुफाभित्रको महादेवथान, पर्वतीथान, बसाहाथान, मन्दिर प्रवेशद्वार, सूचना केन्द्र, रिठ्ठाबोटे, साल्पा बैंक चोक, हलेसी भिलेज होटल क्षेत्र, ट्राफिक चोक, ग्यारेज, डाँडाबजारलगायतका स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।
आपराधिक क्रियाकलाप हुन नदिन र मन्दिर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने लक्ष्यका साथ रु १५ लाख खर्चमा सिसी क्यामेरा जडान गरिएको नगरप्रमुख राईले बतउनुभयो ।

प्रकाशित मिति:March 29, 2021