काठमाडौँ ।कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको छ। आठ लाख मात्रा (डोज) आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित यक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गर्नुभयको हो ।