आन्तरिक विवाद चुलिदै गयको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(एमाले) को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ।
मंगलबार अर्थात आज दिउँसो बैठक बस्न लागेको भए पनि स्थान र समय टुंगिन बाँकी रहेको उक्त समूहका एक स्थायी समिति सदस्यले जानकारी दिनुभयको हो ।
गत सोमबार साँझ प्रधानमत्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल समुहका नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए।
ओलीको उक्त कदमको विरोध गर्दै नेपाल समुहलेआफूहरु ओलीको डटेर सामना गर्ने बताएका थिए।
ओलीले आफ्ना समूहका नेताहरूलाई कारबाही गर्न थालेपछि खनाल–नेपाल समूहले जिल्लाहरूमा समानान्तर समिति बनाउने रणनीति बनाएको छ। गोरखा जिल्लामा रणनिति अनुसार समिति गठन नै भइसकेको छ।
आजको छलफलमा अबको थप रणनीतिबारे छलफल हुने नेपाल समुहका स्थायी समिति सदस्यले बताए।