जीप दुर्घटनामा परी चालकको मृत्यु

Nepal Cover
१८ चैत्र २०७७, बुधबार
image

काठमाडौँ । पाँचथरको याङवरक गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक को मृत्यु भयको हो ।उनि फिदिम नगरपालिका–२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको खुलेको छ। जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते चालक राईको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते फिदिम–२ का २२ वर्षीय आशिष राईलाई उपचारका लागि झापा पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।