काठमाडौँ।नेकपा एमालेले एकल सरकार गठन गर्ने विषयमा आवश्यक छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ।नेकपा एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठक आगामी २२ गतेको लागी बोलइयको हो।
गत चैत ५ गते बसेको बैठकले नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। उक्त बैठकमा नेकपा एमालेका नेपाल समूहका सांसदहरू उपस्थित भएका थिएनन्। त्यसै दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएका थिए भने नेपाल समूहले समर्थन उपस्थीत नभयका कारण कायम नै राखेको थियो।
आगामी बैठकमा सरकार गठनका विषयमा रणनीति तयार गर्ने भएको छ। आगामी संसदीय दलको बैठकमा आफूहरु पनि सहभागी हुने नेपाल समूहक सांसद कुर्मराज शाहीले जानकारी दिनुभयो ।