ओली सरकारलाइ समर्थन गर्ने कि नयाँ सरकार बनाउनेमा प्रष्ट हुन कांग्रेस र जसपालाई माओवादी केन्द्रको आग्रह

Nepal Cover
१९ चैत्र २०७७, बिहीबार
image

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार समर्थन दिने कि नयाँ सरकार बनाउने भन्नेमा प्रष्ट हुन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ।
बिहीबार बसेको पेरिसडाडाँ स्थीत पार्टी केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले भने ती दुई दलले निर्णय गरेपछि राजनीतिले नयाँ मोड लिन्छ।
उनले भने यो सरकारलाइ हाम्रो पीटिक समर्थन छैन, प्राविधिक रूपमा चिठी दिनमात्रै बाँकी हो ‘उहाँहरूले ओली सरकारलाई नै समर्थन गर्ने भए पनि ठिक छ। हामी मिलेर नयाँ सरकार बनाउने भए पनि झन् राम्रो। तर उहाँहरू छिटो स्पष्ट हुनु पर्‍यो।ु
श्रेष्ठले बैठकमा राजनीतिक घटनाक्रमबारे विभिन्न दलहरूसँग भइरहेको छलफलबारे कुराकानी भएको र अहिले परिस्थिति अझै स्पष्ट भइनसकेको विषयमा छलफल भएको बताए।
केही दिनमै स्थायी कमिटीको औपचारिक बैठक बसेर हामीले आवश्यक निर्णय गर्छौं ।