एमालेकी सांसदमा जानकीदेवी रामलाई सपथ खुवाउन निर्वाचन आयोगको पत्राचार

  Sampatti News

April 1, 2021

काठमडौँ । सत्तारूढ नेकपा एमालेको सिफारिस अनुसार निर्वाचन आयोगले जानकीदेवी रामलाई रिक्त प्रतिनिधिसभाको सांसद पदको सपथका लागि संसद सचिवालयलाई पत्राचार गर्ने भएको छ।
निर्वाचन आयोगको आज बसेको बैठकले जानकीदेवीको नाम संसद सचिवालयलाई पठाउने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जालकारी दिए।
एमाले सांसद सानु शिवाको निधनपछि दलित महिलाको क्लष्टरमा एक सांसद पद रिक्त रहेको थियो। दलित महिलाको क्लष्टरमा जानकीदेवीको अघि धनकुमारी सुनारको नाम थियो। तर उनले नेकपा एमाले परित्याग गरिसकेकी छन्। उनी विश्वभक्त दुलाल आहुतीको पार्टीमा प्रवेश गरेकी थिइन्। निर्वाचन आयोगले नाम संसद सचिवालयमा पठाएपछि सभामुख अग्नि सापकोटाले जानकीदेवीलाई सपथ ग्रहण गराउनेछन्।

प्रकाशित मिति:April 1, 2021