वायु प्रदुषण बढीरहदा विद्युतीय बस खरिद प्रक्रिया अघि बढ्यो

  Sampatti News

April 1, 2021

काठमाडौँ । वायु प्रखुषण अत्याधीक बढीरहेका बेलामा बागमती प्रदेशले विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको छ । प्रदेश यातायात संचालन तथा व्यवस्थापन बोर्डमार्फत बस खरिद गरिने भएको हो ।
चालू आर्थिक वर्षमा ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदको लागि बुधबार अन्तराष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरिएको छ ।
काठमाडौं, भरतपुर र हेटौंडामा विद्युतीय सवारी चार्ज गर्ने चार्जिङ स्टेशन राख्ने तयारी पनि भइरहेको बोर्डले जनायको छ ।
विद्यतीय बास सञ्चालनमा ल्याउन सकेमा केही हदसम्म सवरि प्रदुषण घटाउन सकीने यातायात संचालन तथा व्यावस्थापन बोर्डले बताउछ ।

प्रकाशित मिति:April 1, 2021