सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

  Sampatti News

April 1, 2021

काठमाडौँ । काठमाडौं महानगरपालिका–१५ ठुलोभर्‍याङस्थित सडकमा बा.१७ च ९२८३ नम्बरको गाडी, बा.१ ज ३८८६ नम्बरको ट्याक्सी र प्रदेश २–०२४ प ४७४२ नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा स्कुटर चालक सोही महानगरपालिका–१५ छाउनी बस्ने १९ वर्षीय सुजन बज्राचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्सी र गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, राप्ती नगरपालिका–८ थ्रीग्रुपस्थित सडकमा ना.६ त ९४३१ नम्बरको ट्याक्टरबाट लडेर सोही नगरपालिका–९ बस्ने गोरखा घर भएका २७ वर्षीय बुद्ध गुरुङको बिहीबार बिहान मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:April 1, 2021