काँक्रेविहार संरक्षित क्षेत्रमा भिषण आगलागी

  Sampatti News

April 3, 2021

काठमाडौैँ । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ ।
आज शनिबार दिउँसो साढे १ बजेदेखि आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
डीएसपी घर्तीले भन्नुभयो आगलागी हुँदा काँक्रेविहार संरक्षित क्षेत्रमा रहेका जनावरहरुको भागाभाग भएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा लागिरहेका छन् ।
डिएसपी खत्रिका अनुसार आगो बस्तीमा आउन नदिन र नियन्त्रणमा लिन दमकलसहित थप सुरक्षाकर्मीको टोली आगलागी क्षेत्रमा खटाइएको छ ।

प्रकाशित मिति:April 3, 2021