बागलुङ कालिका मन्दिर परिसरमा आगलागी

  Sampatti News

April 3, 2021

काठमाडौँ ।प्रर्यटकी हिसावले प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जङ्गलमा आगलागी भएको छ ।
काठेखोला छेउमा रहेको फोहर व्यवस्थानस्थलदेखि आज शुरु भएको आगो कालिका मन्दिरको जङ्गल परिसरमा प्रवेश गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानिय वसि मिलेर आगो नियान्त्रणको प्रयास गरिरहेको भए पनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो ।
आगलागीका कारण मन्दिरको पश्चिम पट्टिस्थित जङ्गलमा ठूलो क्षति पुगेको छ । मन्दिर परिसर नजिकै आगो आइपुगेकाले मन्दिर जोखिममा रहेको उहाँले जानकारि दिनुभयो ।

प्रकाशित मिति:April 3, 2021