कांग्रेस र जसपासँग छलफलपछि, माओवादी स्थायी कमिटी बैठक बस्ने

Nepal Cover
२२ चैत्र २०७७, आईतवार
image

काठमाडौँ । नेपाली कांग्रेस र जनता समाजवादी (जसपा) सँगको छलफलपछि मात्रै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )को स्थायी कमिटी बैठकबस्ने भएको छ।
आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थायी कमीटी सदस्या राजधानि बाहीर भयको भन्दै स्थगित गरीयको छ।
अधिकांध स्थायी कमिटी सदस्यहरू जिल्ला बाहिर भएकाले स्थगित भएको माओवादी नेता गिरिराजमणी पोखरेलले बताए। गत बिहीबार बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठकले कांग्रेस र जसपालाई आफुहरु मीलर सरकार बनाउने की ओली सरकारलाइ सम्रर्थन गर्ने भन्ने विषयमा स्पस्ट हुन आग्रह गरेको थिया।
कांग्रेसले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो। यो निर्णयपछि कांग्रेस र जसपासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक छलफल गरिसकेका छन्।