दुइ मोटरसाइकाल आपासमा ठोकीदा एकजनाको मृत्यु, तीन घाइते

  Sampatti News

April 5, 2021

काठमाडौँ । मकवानपुरको हेटैडा उपमहानगरपालिका–१० भुटनदेवी भन्ने स्थानमा रहेको मोडमा दुई मोटरसाइकल एकाआपसमा ठोकीदा एक जनाको मृत्यु सहित तिन जना घाइते भयका छन् । मृत्यु हुनेमा १७ वर्षीय सगुन रुम्वा रहेका छन् । उनको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै सोही दुर्घटनामा घाइते भयका तीनजनाको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४१प ६४३६ नं को मोटरसाइकल एकापसमा ठोकीदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको जिल्ला प्रहरि कार्यालय मकवानपुर जानकारि दीयको छ ।

प्रकाशित मिति:April 5, 2021