चुनावलाई प्रतिगमन भन्ने दलहरुले कस्तो अग्रगमन खोजेको होः गोकुल बाँस्कोटा

Nepal Cover
२३ चैत्र २०७७, सोमबार
image

काठमाडौं । एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारमाथि लागेका आरोपहरूको खण्डन गरेका छन् ।उनले भने सरकारले विकास निर्माणका काम अघि बढाएको, राष्ट्रिय स्वाधीनतालाई उच्च बनाएको भन्दै चुनावलाई प्रतिगमन भन्ने दलहरुले कस्तो अग्रगमन खोजेको ।
सोमबारको प्रतिनिधि सभामा बोल्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले संसदमा सरकार, विकास र राजनीतिक जटिलताका बारेमा उठेका प्रश्नहरुको सरकारका तर्फबाट खण्डन गर्दौ ओलि सरकारको बचाउ गरेका हुन् ।
उनले भने केपी ओली नेतृत्वको सरकार बन्नु अघिसम्म नेपालको राजनीति राजनीतिमा मात्रै केन्द्रीत भएको भन्दै विकास निर्माणका कार्या ओली सरकार आयपछि मात्र भयको र यसरी काम गर्न खोज्दा पनि माखोल उडाउन खोजिन्छ र खुसी व्यक्त गर्न सकिँदैन । उनले एजेण्डा विहीन नेतृत्वले केही गर्न नसक्ने भन्दै विरोधका लागि विरोध गर्दा सही गन्तव्यमा पुग्न नसकिने बताए ।