पाल्पामा जीप दुर्घटनाहुँदा दुईजनाको मृत्यु

Nepal Cover
२४ चैत्र २०७७, मंगलवार
image

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवा भन्ने ठाँउमा जिप दुर्घटना भयको छ । काजिपौवा स्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
गए राति करिब साढे १२ बजे लु२च ६३२ नं को पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय पाल्पाले जनायको छ । घटना कासरि भयोभन्नेवारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।