ओली सरकारका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रले पठायो पत्र

Nepal Cover
२४ चैत्र २०७७, मंगलवार
image

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ओली सरकारका चार मन्त्रीलाई सांसद पदबाट हटाउन पत्र पठाएको छ।
गएको स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्दै माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको हो।
नेता दीनानाथ शर्माले भन्नुभयो आज प्रतिनिधि सभामा रहेकाहरूलाई सांसद पद नरहने गरी चिठी पठाइएको छ।
ुउहाँहरूलाई स्पष्टिकरण सोधिएको थियो। तीमध्ये कतिको चित्तबुझ्दो जवाफ आएन। कतिले सार्वजनिक रूपमै दल त्यागेको घोषणा गर्नुभयो,ु शर्माले भने, ‘दल त्याग गरेपछि स्वत पद जान्छ। त्यही जानकारी संसद सचिवालयमा पठाइएको हो।’
ओली समूहमा गएर मन्त्री बनेका खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा भने सांसद छैनन्। सांसद नरहे पनि ६ महिनासम्म मन्त्री हुन पाइने भएकाले प्रधानमन्त्री केपी ओलीले नियुक्ति दिएका थिए।