दीपाश्री निरौलाको फेसबुक ह्याक गरेको आरोपमा १४ बर्षिय कीशोर पक्रउ

Nepal Cover
२४ चैत्र २०७७, मंगलवार
image

काठमाडौँ । दीपाश्री निरौला, सरोज खनाललगायत सेलिब्रेटीको फेसबुक अकाउन्ट ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन्।
प्रहरीको साइबर अपराध ब्युरोले पर्साको बहुदरमाई नगरपालिका–५ का ती किशोरलाई पक्राउ गरेको हो। दीपाश्रीका अनुसार ती किशोरले फेसबुक अकाउन्ट ह्याक गरि ह्याकरले एक लाख रुपैयाँ माग गरेको बतायकी छन्।
र उनका साथि सँगपनी पैसा मागेको देखिन्छ तर कसैले पैसा दिएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन’, ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए। उनका अनुसार विभिन्न कलाकारको फे‍सबुक अकाउन्ट ह्याक गर्ने यी नै किशोर हुन्। हालसम्म चार जना कलाकारले जाहेरी दिएका छन्।
एसएसपी अर्यालले भने ‘१४ वर्षको किशोर भएकाले अन्य व्यक्तिको पनि संलग्नता हुने सक्ने आशंकामा अनुसन्धान भइरहेको छ।