एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित

Nepal Cover
२६ चैत्र २०७७, बिहीबार
image

काठमाडौँ । भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना बाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् ।
्केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । यस सगैँ भारतमा कोरोन सक्रमितको कुल सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ६८५ जनाको कारोना भाइरसका कारण मृत्यु भयका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको कुल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।