नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला

Nepal Cover
२६ चैत्र २०७७, बिहीबार
image

राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ । गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो ।
पाटेबाघको अस्थिपञ्जर फेला परेपछि डिभिजन वन कार्यालयको टोलीले मुचुल्का उठाएर अस्थिपञ्जर लिएर आएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो ।