माओवादि केन्द्रले गर्योबादललाई पनि कारबाही

Nepal Cover
२७ चैत्र २०७७, शुक्रबार
image

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कारबाही गरेको छ। थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका हुन् । ‘हामीले दल त्याग गरेको पत्र बुझाइ सक्यौं,’ शर्माले भने, ‘संसद सचिवालयका कर्मचारी साथीहरुले दर्ता गर्दै हुनुहुन्छ ।’
त्यस्तै माओवादी केन्द्रले एमालेमा गएका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कालाई पनि कारबाही प्रक्रिया अगाडि बढायको माओवादि केन्द्रले जनायको छ। उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको र स्पष्टिकरण आय पश्चाल कारभइ प्रक्रीया अगाडि बढाउने समेत माओवादि केन्द्रले जनायको छ। यसअघि माओवादी केन्द्रले एमालेमा गएका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई समेत कारबाही गरिसकेको छ।