राजकुमार फिलिपको निधन प्रति राष्ट्रपतिद्वारा समवेदना व्यक्त

Nepal Cover
२८ चैत्र २०७७, शनिबार
image

काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताउनुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गर्नुभएको छ । सन्देशमा उहाँले राजकुमार फिलिपले मानवताका लागि गर्नुभएको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताउनु भएको छ ।