लगातार उकालो लागेको सुनको मुल्या आज तोलामा चार सयले घट्यो

Nepal Cover
२९ चैत्र २०७७, आईतवार
image

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । केहीँ दिनदेखि बढिरहेको सुनको मूल्य आज भने तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ कायम थियो ।
आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदी आज १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदि व्यवसाय संघले जनायको छ ।