विराटनगरमा कोरोना संक्रमितको मृत्यु

  Sampatti News

April 12, 2021

काठमाडौँ । विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाको दमक–८ का ९२ वर्षीय वृद्धको आइतबार राति कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो।
चैत २५ गते परिवारका ५ जनालाई संक्रमण भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मधुमेहबाट पीडित वृद्धको राति १२ बजे मृत्यु भएको कोभिड अस्पतालका एपोलो भगतले जानकारी दिनुभयो ।
उनका अनुसार वृद्धको मृत्यु भएपछि परिवारका अन्य ४ जना पनि घर फर्किएका छन्। संक्रमणमुक्त नभई उनीहरु मृतकको शव लिएर घर गएका हुन्। लक्षण नभएकाले घर जान दिइएको भगतले बताउनुभयो ।

प्रकाशित मिति:April 12, 2021