नयाँ बर्षमा झन् उकालो लाग्यो सेयर बजार, ८ अर्बमाथिको कारोबार

Nepal Cover
२ बैशाख २०७८, बिहीबार
image

काठमाडौं । नयाँ बर्ष २०७८ साल सुरु भएपछिको पहिलो दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ रेकर्ड कायम राखेको छ।
नेप्से आज २० अंकले बढेको छ। अघिल्लो दिनभन्दा २०.६१ अङ्क अर्थात् ०.७६ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २७३५.४ अङ्कमा पुगेर आजलाइ बजार बन्द भएको छ।
आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २७५५.२९५५ र कममा २७३१.८२२१ पुगेको थियो। यो बिन्दु हालसम्मकै धेरै हो।
आज क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६१७ अंकले बढेर ४९२ ४५ को बिन्दुमा पुगेको छ।
आजको दिन ८ कम्पनीले सर्वाधिक १० प्रतिशतले कमाएका छन्।