थप ३३ कोरोना संक्रमितको मृत्यु

Nepal Cover
१७ बैशाख २०७८, शुक्रबार
image

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा रिपोर्ट प्राप्त ३३ र २४ घण्टाभित्र मृत्यु भएकाहरु २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि विहीबारसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २४६ रहेको थियो ।