उपत्यकामा कोरोना जोखिम बढ्दो

  Sampatti News

August 18, 2021

काठमाडौँ । काठमाडौँ उपत्यकामा दिनप्रतिदिन कोभिडको जोखिम बढ्दै गएको छ । केही समय पहिला दैनीक सयको रेसियोमा संक्रमित देखिने काठमाडौँ उपत्यकामा पछिल्ला दिनहरुमा पाँच÷छ सयको हाराहारीमा सङ्क्रमित भेटिएका थिए । तर, मंगलबार भने उपत्यकामा एक हजार बढी नयाँ संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना, भक्तपुरमा १४१ र ललितपुमा २१९ जना गरि कुल १०३३ जना सङ्क्रमित थपिएका हुन् ।

सोही दिन ११ हजार ५६५ जनाको पीसीआर तथा छ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६८९ जनाको कोरोनाको नमुना परीक्षण भएको थियो ।

२०७८ भदौ २ गते प्रकाशित

प्रकाशित मिति:August 18, 2021