शेयर कारोबार ४० मिनेट बन्द भएर पुनः सुरु

Nepal Cover
२० भाद्र २०७८, आईतवार
image

उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो ।

नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो ।

नेप्से १४७।३१ बिन्दुले अर्थात् ५।०३ बिन्दुले ओरोलो लागेर दुई हजार ७७९।६८ मा रोकिएको थियो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २६।९३ अङ्कले ओरालो लागेर ५१४ं८४ मा सीमित भएको छ । कूल २१५ कम्पनीको एक करोड ४८ लाख ३१ हजार ७३८ कित्ता शेयर रु सात अर्ब १९ करोड ९० लाख ३५ हजार ६७१ मूल्यमा खरिदबिक्री भएका थिए ।

सर्किट ब्रेकको नियमअनुसार कारोबार सुरु भएको पहिलो घन्टामा ४ प्रतिशतले सूचक बढे या घटे २० मिनेट कारोबार स्थगित गरिन्छ भने दोस्रो घन्टामा सूचक पाँच प्रतिशतले बढे या घटे ४० मिनेट स्थगित गरिन्छ । त्यस्तै तेस्रो घन्टापछिको समयमा सूचक छ प्रतिशतले बढेमा वा घटेमा बाँकी समयको कारोबार स्थगित गर्ने गरिन्छ ।