वल्खुमा वृक्षरोपण

Nepal Cover
२३ भाद्र २०७८, बुधबार
image

त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको बल्खुस्थित जग्गामा आज वृक्षरोपण गरिएको छ । विभागका लागि निर्धारण गरिएको जग्गामा आज रुद्राक्ष, कपुर, एभोकाँडो, तेजपत्ता, कडिपत्ता, अमला, अम्बा, काभ्रो, चिराइतोलगायत दुई सय जातका बिरुपा रोपिएको हो । करिब चार रोपनी जग्गामा बन्ने उक्त भवन रु २१ करोड ५५ लाखको लागतमा निर्माण हुँदैछ । त्रिविका मानविकी तथा समाजशास्त्र सङ्कायका डीन डा कुसुम शाक्यले शुभारम्भ गर्नुभएको सो कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डीन डा वीरबहादुर खनाल, विभागका प्रमुख प्रा चीरञ्जीवी खनाल, भवन निर्माण समितिका संयोजक उपप्राध्यक देवराज अर्याललगायत वृक्षरोपणमा सहभागी भएका थिए।