संसद भंग गर्ने एमालेलाई समाजवादीले आफुले जोगाएको संसदबाटै जवाफ दिनेछःसांसद खतिवडा

  Sampatti News

September 9, 2021

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीले प्रमुख प्रतिपक्षी नेकपा एमालेबिरुद्ध प्रतिनिधिसभामै प्रतिवाद गर्ने निर्णय गरेको छ ।

नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै संघीय संसदको नवौं अधिवेशनको पहिलो र दोस्रो प्रतिनिधिसभा बैठक एमालेले अवरुद्ध गरेपछि समाजवादीले एमालेले निहुँ खोजे सदनमै जवाफ दिने प्रष्ट पारेको छ ।

समाजवादीका नेता विरोध खतिवडाले एमालेका बिरुद्ध सदनमै जवाफ दिने चेतावनी दिएका हुन् । समाजवादी पार्टीको बारेमा एमालेले सदनमा उठाएका प्रश्नको सभामुखसँग समय लिएर प्रतिवाद गर्ने निर्णय भएको छ, उनले भने, संसद बैठकमा संयमित रूपमा सहभागी हुने र एमालेले निहुँ खोजे प्रतिवाद गर्ने छौं ।’

प्रकाशित मिति:September 9, 2021